तमोर नदीमा भेटिएको एक किशोरको शव फेरी भंगालोले बगायो,खोजी कार्य जारी

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,साउन २५ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं १० फुरुम्बुको मित्लुङ र फक्ताङ्लुङ गाउँपालिका वडा नं ३ लिङ्खिम स्थित सिस्ने तमोर नदीको बीच भागमा देखिएको एक किशोरको शव फेरी तमोर नदीले बगाएको छ । सिस्ने तमोर नदी आसपास तमोर नदीमा देखिएको नदीबाट निकाल्ने क्रममा नदीको भंगालोले फेरी बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । शवको खोजी कार्य भने जारी रहेको छ । स्थानीयले दिएको हुलियाका आधारमा त्यो शव फक्ताङ्लुङ गाउँपालिका वडा नं ४ इखाबुका हर्कबहादुर लिम्बूका १५ बर्षिय छोरा शुक्रवीर लिम्बूको रहेको प्रारम्भिक अनुसन्धान पछि प्रहरीले बताएको छ । साउन २४ गते आफ्नै काकाका १४ बर्षिय छोरा सुजन लिम्बूसंग पौडी खेल्ने क्रममा शुक्रबीरलाई तमोर नदीले बगाई लगेको भनि सुजनले सिँवा प्रहरी चौकीमा जानकारी पनि गराएका थिए । शवको खोजी र घटनाको अनुसन्धान जारी रहेको डिएसपी श्रेष्ठले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts