मैवाखोला मावि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पहिलो

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस २९ । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मैवाखोला मावि प्रथम भएको छ ।

नारायणी मावि साँघु दोस्रो हुँदा जनकल्याण मावि तेस्रो भएको छ । पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार २२ स्वर्ण,३ रजत र ४ कास्य सहित मैवाखोला मावि पहिलो भएको हो । ५ स्वर्ण,१५ रजत र ५ कास्य पदक सहित नारायणी मावि दोस्रो बन्यो । २ स्वर्ण,५ रजत र १३ कास्य पदक सहित जनकल्याण मावि तेस्रो भएको छ ।

१५ वटा बिधामा प्रतिश्पर्धा भएको गाउँपालिकाले जनाएको छ । बिजयी टिम तथा खेलाडीहरुलाई पालिका अध्यक्ष वनेम,उपाध्यक्ष कमलकुमारी लिम्बू,निमित्त प्रमुख प्रशासकीय अधिकृत गोम्देन,वडाध्यक्ष र कार्यपालिका सदस्यहरुरुले पुरस्कार तथा प्रमाण–पत्र बितरण गर्नु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts