थप ३७८ मा कोरोना संक्रमण,४९९ जना डिस्चार्ज

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,साउन २४ । पछिल्लो २४ घन्टामा थप ३ सय ७८ जनामा कोरोना संक्रमण देखिएको हो । नियमित मिडिया ब्रिफिङका क्रममा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ घन्टामा गरिएको ७ हजार ७ सय ८८ पीसीआर परीक्षणमा ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनु भएको हो । यस्तै २४ घन्टामा ४ सय ९९ जना डिस्‍चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १६ हजार ३ सय १३ जना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा शनिबारसम्म कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ । मुलुकभर ६ हजार २ सय ६ जना आइसोलेसनमा र क्वारेन्टाइनमा १० हजार ७ सय ९२ जना रहेको प्रवक्ता गौतमले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts