प्राकृतिक बिपद् र बन्द हड्तालले निर्माणका काममा व्यवधान,काममा प्रतिबद्ध रहेको निर्माण कम्पनीको भनाई

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २ । बन्द र हड्ताल तथा बाढी,पहिरो जस्ता प्राकृतिक बिपद्का कारण केहि निर्माणाधिन योजनाहरु सम्झौता पूरा नभएपछि म्याद थपका लागि दबाब बढेको छ ।

निर्माण व्यवसायीहरुले कामको प्रगति सन्तोषजनक भईरहेपनि निर्माण अवधिमा आएका समस्याका कारण सम्झौता अवधिमा काम पूरा हुन नसकेको भन्दै म्याद थप गरी सम्झौता पुनरावलोकन गर्नुपर्ने माग गरेका छन् । सम्झौता भएको २ बर्ष पछि काममा फर्किएको सुकेटार–काफ्लेपाटी सडक निर्माण कम्पनीले आफुहरुले काममा तीवता दिन थालेको भन्दै म्याद थप गर्नुपर्न आशय राखेको छ । सो सडक निर्माण कम्पनी कन्टेक प्रालिका प्रवन्ध निर्देशक दिक्षान्त दाहालले आफुहरुबाट काम थाल्न ढिला भएपनि बाढी,पहिरो जस्ता प्राकृतिक बिपद् तथा बन्द र हड्ताल जस्ता समस्याका कारण म्याद थप गर्न प्रस्ताव गरेका छन् ।

तमोर करिडोर(सुभाङखोला–दोभान–ओलाङचुङगोला)सडक योजना कार्यालयका प्रमुख(डिई)सुदर्शन कार्कीका अनुसार अहिले सम्मको सम्झौता अनुसार इन्टेकले आउँदो असार भित्रमा ११ किलोमिटर दुरीको सुकेटार–काफ्लेपाटी कालोपत्रे गरिसक्नु पर्छ । कार्कीले तीव्र दबाब पछि इन्टेक काममा फर्किएको र ब्याक कटिङको काम थालिसकेको जानकारी दिए ।‘चालू आव भित्रका सो सडकलाई ग्राभेल स्तरको बनाईसक्नेगरी काम गर्नुपर्छ’डिई कार्कीले भने । उनले यो अवस्थामा म्याद थप हुने संकेत गरेका छन् । उता हिमालयन् कन्ट्रक्सन र रायमाझी सुवर्ण जेभी कम्पनीले बन्द र हड्ताल सहितका बिभिन्न १० वटा कारणबाट सम्झौता अनुसार काम सम्पन्न हुन नसकेको बताएको छ ।

काम हुँदै गरेका बेला आएका समस्याका कारण आफुहरुले कामलाई भनेजस्तो गरी तीव्रता दिन नसकिएको उल्लेखित कम्पनीहरुको निश्कर्ष रहेको छ । हिमालयन् कन्ट्रक्सन प्रालिका प्रवन्धक इन्द्र केदेम काममा असर पर्ने कुनै समस्या नआएको भए आफुहरुले निर्धारित मितिमै काम सक्ने बताउँछन् । २०७९ सालमा भएको स्थानीय तहको निर्वाचन,सोहि सालमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सहितका कारणले काम सम्पन्न गर्न समस्या परेको केदेमले बताए । यस बाहेक गत असार २ गते ताप्लेजुङ, पाँचथर र संखुवासभालाई बढी प्रभाव पर्नेगरी आएको बाढी पहिरोका कारण थुप्रै योजनामा प्रभाव परेको थियो ।

पाँचथरको हेंवामा रहेको पक्की पुल बगाएर २८ दिन पछि बेलिब्रिज लगाएर मेची राजमार्गको ताप्लेजुङ–पाँचथर खण्ड खुलाईएको थियो भने त्यसयताका दर्जनौं स्थानमा सडक बगाएपछि यातायात नियमति भएको थिएन । सहायक राजमार्गहरु त अझैसम्म पनि पूर्ण रुपमा सञ्चालनमा आउन समस्या भईरहेको छ । बाढी पहिरो जस्ता बिपद्का कारण क्रसर उद्योगहरुले आफ्नो उत्पादन दिन नसकेर पनि योजनाहरु निर्धारित मितिमा पूरा हुन समस्या सृजना भईरहेको निर्माण व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष जसबहादुर लिम्बूले बताए ।

बिभिन्न समस्या समाधानका लागि निर्माण व्यवसायीहरुले राखेका मागहरुका कारण समेत योजना निर्धारित मितिमा पूरा हुन समस्या आएको उनको ठहर रहेको छ ।‘हामीहरुलाई बिभिन्न किसिमका राजनीतिक बन्द हड्ताल समेतले असर ग¥यो’लिम्बूले भने । निर्माणस्थलमा पहिरो जाने डर,स्थानीयले गरेको बाधा लगायतका कारणले पनि योजना सञ्चालनमा कठिनाई हुने गरेको लिम्बूले बताए । रायमाझी सुवर्ण जेभीका समेतका प्रवद्र्धक रहेका केदेमले आफुहरु कामप्रति प्रतिबद्ध रहेको तर बिभिन्न व्यवधानका कारण सम्झौता अनुसार काम सम्पन्न हुन नसकेको बताए ।‘हामी काम गर्छौ,काममा प्रतिबद्ध छौं’म्याद थपिने आसा राख्दै केदेमले भने ।

पाँचथरको हेंवाखोलामा रहेको पक्की पुल बगाएपछि अस्थायी डाईभर्सन बनाईदैं गरेको एक दृश्य । २८ दिन पछि बेलिब्रिजमार्फत खोला वारपार गरिएको थियो । फायल तस्बिर ः उज्यालो पोष्ट

अरुलाई पनि शेयर गरौ !

Similar Posts