५० बर्ष देखि ताप्लेजुङको दोभानमा लाग्दै आएको पुसे मेला यसबर्ष पुस १ देखि ५ सम्म सञ्चालन हुने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १६ । ५० बर्ष देखि ताप्लेजुङको दोभानमा लाग्दै आएको पुसे मेलामा यसबर्ष राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल खेलेका खेलाडीको सहभागितामा अन्तर जिल्ला क्लव स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

पुसे मेला २०३१ साल देखि लगातार लाग्दै आएको छ । मौलिक संस्कृतिको संरक्षण,पर्यटन र कृषि क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्य सहित मेरिङदेन गाउँपालिका वडा नं ३ र आठराई त्रिबेणी गाउँपालिकाको वडा नं ५ को संगमस्थलमा पुस १ गतेबाट ५ गते सम्म मेला आयोजना गरिएको पुसे मेला आयोजक कमिटीका अध्यक्ष हेम चोङवाङले जानकारी दिनुभयो । यसबर्ष सम्भवत ताप्लेजुङमै यो रुपको पहिलो प्रतियोगिता स्वरुप अन्तर जिल्ला क्लव स्तरीय भलिबल प्रतियोगिता हुन गईरहेको आयोजक कमिटीले जनाएको छ । प्रतियोगिता अन्तरगत भलिबला चर्चित मानिएका नाम्चे भलिबल क्लव(नाम्चे बजार साउथ सिक्कीम,भारत),नगर खेलकुद विकास समिति,गलकोट बाग्लुङ,भोजपुर भलिबल क्लव भोजपुुर,पाथीभरा टाईगर भलिबल क्लव दमक झापा,संखुवासभा भलिबल क्लव संखुवासभा,सुनसरी जिल्ला भलिबल टिम र उदयपुर स्पोर्ट्स क्लव आमन्त्रित क्लवको रुपमा सहभागी हुने भएका छन् । गृह जिल्लाकोतर्फबाट मुकेश मेमोरियल क्लव र हिमाली तोक्पेगोला भलिबलव क्लवले सहभागिता जनाउने भएका छन् ।

प्रत्येक टिमले २ जना राष्ट्रिय था अन्तराष्ट्रिय खेल खेलेका खेलाडी समेत सहभागी गराउन पाउने नियमानुसार यो प्रतियोगितामा सहभागी टिमले सो स्तरको खेल खेलेका खेलाडी समेत सहभागी गराउने सूचना प्राप्त भएको आयोजकले जानकारी दिएको छ । बिजेताले ३ लाख रुपैयाँ नगदका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ भने उपबिजेता टिम १ लाख ५० हजार रुपैयाँ नगद पुरस्रकार साथ ट्रफी,मेडल र प्रमाणपत्रको हकदार हुने भएको छ । सेमीफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई सान्त्वना पुरस्कार स्वरुप नगद ५० हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र बितरण गरिने पुसे मेला आयोजक कमिटीका कोषाध्यक्ष रमेश चोङ्वाङले जानकारी दिनुभयो । भलिबल प्रतियोगितातर्फ सबोत्कृष्ट हुने खेलाडी नगद १० हजार रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्रको हकदार हुँदा उत्कृष्ट सर्भर,उत्कृष्ट डिफेण्डर,उत्कृष्ट ब्लकर,उत्कृष्ट सटर,उदयीमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई नगद ५ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रत्येक खेलका म्यान अफ द म्याचले नगद २ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने भएका छन् ।

भलिबल खेल संगै त्यहाँ ब्याडमिन्टन प्रतियोगिता पनि आयोजना गरिएको मेला आयोजक कमिटीले जनाएको छ । ब्याडमिन्टन प्रतियोगिताको पुरस्कारका लागि १ लाख रुपैयाँ बिनियोजन भएको र जिल्ला ब्याडमिन्टन संघसंगको प्राविधिक सहयोगमा बिधागत पुरस्कार घोषणा गरिने समेत मेला आयोजक कमिटीले जानकारी दिएको छ । भलिबल प्रतियोगिताको प्राविधिक सहयोग जिल्ला भलिबल संघले गर्ने जिल्ला भलिबल संघका अध्यक्ष बिमल भण्डारीले जानकारी दिनुभयो । मेलाको मुख्य प्रायोजक समेत रहेको मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामले स्थानीय कृषि तथा औद्योगिक उत्पादनाई अन्तराष्ट्रिय बजार सम्म बिस्तार गर्न मेला माध्यम बन्ने बिश्वास लिनुभयो । उहाँले स्थानीय क्षेत्रमा रहेका फुङफुङगे झरना,गुराँसे पोखरी,तोक्पेगोला,लोदेन क्षेत्र सहितका पर्यटकिय स्थलहरुको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन तथा तमोर नदीमा ¥याफ्टिङ समेत गर्न पाइने भएकोले मेलाले सघाउ पु¥याउने बताउनुभयो । धाननाच,पालम र हाक्पारे सहितका मौलिक महत्वका बोकेका साँस्कृतिक सम्पदाका प्रवद्र्धनमा समेत सघाउ पुग्ने हिसावले मेलाको आयोजना गरिएको आयोजक कमिटीले जनाएको छ ।

आयोजक कमिटीका कोषाध्यक्ष चोङवाङका अनुसार मेला अवधिका लागि कूल ३६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजक कमिटीले उद्घाटनको दिन बाहेक भलिबल खेलका लागि सेमीफाइनल अघिका सबै खेलमा ५० रुपैयाँ र सेमीफाईनल र फाईनल खेलका लागि जनही १ सय रुपैयाँ टिकटदर निर्धारण गर्ने योजना बनाएको बताएको छ । अन्तराष्ट्रिय स्तरका क्लव तथा खेलाडीको सहभागिता तथा प्याराफिट नै निर्माण गरी खेलको अवलोकन गराउने प्रवन्ध गरिने भएकोले भलिबल खेलका लागि टिकटदर निर्धारण गर्नुपर्ने अवस्था आएको आयोजक कमिटीले जनाएको छ । मेला अवधिभरमा राष्ट्रिय गायक तथा नृत्यकार समेतको सहभागितामा बृहत्त साँस्कृतिक कार्यक्रम समेत राखिने आयोजक समितिले जनाएको छ । आठराई त्रिबेणी गाउँपालिका समेत मुख्य प्रायोजक रहेको आयोजकले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts