ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयबाट नर्वेमा बस्ने सिटौलाले पाए नागरिकता

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,कात्तिक २१ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट गैर आवासीय नेपालीलाई पहिलोपटक नागरिकता प्रदान भएको छ ।

विगत २० बर्ष देखि नर्वेमा बस्दै आउनु भएका आठराई त्रिवेणी गाउँपालिका वडा नं १ निगुरादिनका बिशालकुमार सिटौलाले नागरिकता लिनु भएको हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहनु भएकासहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईका अनुसार नर्वेको विश्व बिद्यालयका प्राध्यापक रहनु भएका सिटौलाले आवश्यक प्रकृया पूरा गरेर पेश गरेको प्रमाणका आधारमा नागरिकता जारी भएको छ ।

सिटौला लेखक र बिषयविज्ञ समेत रहेको प्रशासन कार्यालयले जनाएको छ । सिटौलालाई सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले नागरिकता प्रमाणपत्र हस्तान्तरण गर्नु भएको छ । गत जेठमा नागरिकता सम्बन्धी संशोधन ऐन प्रमाणीकरण भएसंगै गैर आवासीय नेपालीले नागरिकता लिने बाटो खुलेको छ । स्थानीय तहको सिफारिस, नेपाली नागरिकता त्यागेको निवेदन र नेपाली नागरिकता त्यागेको निस्सा समेत पेश भएपछि प्रशासनले सिटौलालाई नागरिकता दिएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts