असोज अन्तिम साता काँग्रेस ताप्लेजुङले ११ जना महासमिति सदस्य चयन गर्दै

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १८ । नेपाली काँग्रेस ताप्लेजुङले असोज २७ र २८ गते क्षेत्रीय प्रतिनिधिहरुको प्रथम जिल्ला सम्मेलनसंगै महासमिति सदस्य चयन गर्ने भएको छ ।

१४ औं अधिबेशन सकिएको बर्षदिन पछि काँग्रेसले महासमिति सदस्य चयन गर्न लागेको हो । काँग्रेस ताप्लेजुङको १४ जिल्ला अधिबेशन २०७८ साल असोज १५–१६ गते फुङलिङमा सम्पन्न भएको थियो । तर महासमिति सदस्य चयन भने भएको थिएन । नेपाली काँग्रेस ताप्लेजुङका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले महासमिति सदस्यको निर्वाचनका लागि लोकतान्त्रिक कानुन व्यवसायी संघका अगुवा अधिबक्ता रामकुमार थापालाई निर्वाचन अधिकृत तोकिएको जानकारी दिनुभयो । महाधिबशेन प्रतिनिधि छान्न निर्वाचन नै गर्नु परेको काँग्रेस ताप्लेजुङले महासमिति सदस्यको छनौट भने भरसक सहमतिमै सम्पन्न गर्ने बताएको छ ।‘सहमतिमै महासमिति सदस्य छनौट हुनेमा बिश्वस्त छौं’जिल्ला सभापति तुम्याहाङले भन्नुभयो,सहमति कायम नभए निर्वाचनमार्फत महासमिति सदस्यको चयन गर्ने छौं’ ।

काँग्रेसका जिल्ला सचिव तथा मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामका अनुसार ताप्लेजुङबाट काँग्रेसका ११ जना महासमिति सदस्य चयन हुनेछन् । महासमिति सदस्य बन्नका लागि न्यूनतम् योग्यता भनेको महाधिबेशन प्रतिनिधि चुनिनु हो । अर्थात् १४ औं अधिबेशनबाट महाधिबेशन प्रतिनिधि चयन भएका व्यक्तिहरुमात्र महासमिति सदस्यको प्रतिश्पर्धामा रहन्छन् । हाङगामका अनुसार ताप्लेजुङमा काँग्रेसका २४ जनाको बिबरण अद्यावधिक छ । यो पार्टी त्याग गरेका र अनुशासनको कारवाहीमा रहेकाहरुको घटाई बाँकी रहेको संख्या मात्र रहेको काँग्रेस ताप्लेजुङले जनाएको छ ।

सर्वसम्मतका लागि २४ जना महाधिबेशन प्रतिनिधि भित्रबाट ११ जना महासमिति सदस्य चयन हुनेछन् । यदि सर्वसम्मत हुन नसके २४ जना भित्रबाट ११ जना महासमिति सदस्यको चयनका लागि १४ औं अधिबेशनका लागि छानिएका क्षेत्रीय प्रतिनिधिद्धारा गरिएको मतदानबाट महासमिति सदस्यको टुङ्गो लगाईने भएको छ । काँग्रेसका जिल्ला सचिव हाङगामका अनुसार पदेन ५ सहित १ हजार ६४ जना काँग्रेसका क्षेत्रीय प्रतिनिधि रहेका छन् । जस अनुसार क्षेत्र नं १(क)बाट ५ सय ६४ जना र १(ख)बाट ४ सय ९५ जना क्षेत्रीय प्रतिनिधि छन् । क्षेत्रीय प्रतिनिधिको प्रथम जिल्ला सम्मेलनकै समयमा काँग्रेस ताप्लेजुङले महासमिति सदस्यहरुको चयन गर्ने निर्णय लिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts