नेपालमै प्लाज्माथेरापीबाट सफल उपचारः कोरोनाका गम्भीर संक्रमितलाई सुखद समाचार

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,साउन १९ । महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचाररत नोवेल कोरोना भाइरस (कोभिड(१९) संक्रमित ६५ वर्षीय पुरुषमा ‘प्लाज्माथेरापी’बाट सफल उपचार भएको छ । विराटनगर स्थायी घर भएका संक्रमितलाई २६ वर्षीय पूर्व संक्रमितले ‘प्लाज्मा’ दिएपछि स्वास्थ्य लाभ गर्नु भएको छ । ९० प्रतिशतसम्म अक्सिजन चाहिएका उनलाई अहिले जनरल वार्डमा सारिएको छ । उहाँ नेपालमा ‘प्लाज्माथेरापी’ बाट कोभिड–१९ को उपचार गराउने पहिलो व्यक्ति हुनुहुन्छ । गत असार अन्तिम साता राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले कोभिड–१९ बाट निको भएकाहरूलाई ‘कन्भेलेसमेन्ट प्लाज्मा’ दिन आव्हान गरेको थियो । एनएचआरसीका सदस्य सचिव डा. प्रदीप ज्ञवाली भन्नुहुन्छ, ‘अनुसन्धानका लागि रगत दान गर्न आव्हान गरेको तीन हप्तामै सफल उपचारबारे जानकारी दिन पाउँँदा एकदमै हर्षित छौं ।’
एक दर्जन दाता इच्छुक
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजारबढी संक्रमितमध्ये आइतबारसम्म १४ हजार ६०३ जना निको भइसकेका छन् । उनीहरूलाई स्वेच्छिक रुपमा प्लाज्मा दान गर्न एनएचआरसीले आग्रह गरेको छ । आइतबारसम्म ‘कन्भेलेसमेन्ट प्लाज्मा’ दिन इच्छुक १२ जनाले एनएचआरसीमा नाम दर्ता गराइसकेको डा. ज्ञवालीले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, ‘दाताको प्लाज्मा स्क्रिनिङ गरेर म्याच भएपछि गम्भीर विरामीलाई दिन्छौं ।’ प्लाज्मा दिएपछि लक्षण कति घट्यो ? साइड इफेक्ट देखियो कि देखिएन ? प्लाज्मा नदिएका विरामीको तुलनामा प्लाज्मा पाउने विरामीको स्वास्थ्य कति छिटो सुधार भएको छ भन्ने जस्ता विषयमा आफूहरू अनुसन्धान गरिरहेको ज्ञवाली जानकारी दिनुभयो । लक्षण नभएका वा गम्भीर विरामी बाहेक र १८ वर्ष भन्दा कम उमेरका संक्रमितका लागि भने प्लाज्मा थेरापी विधि प्रयोग नगरिने डा. ज्ञवाली बताउँनुहुन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts