|

नाई संघद्धारा ताप्लेजुङका सैलुनको सेवा शुल्कमा ५० प्रतिशत सम्म बृद्धि

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ ६ । नाई संघ ताप्लेजुङले सैलुनको सेवा शुल्कमा ५० प्रतिशत सम्म बृद्धि गरेको छ । करिव ४ बर्ष पछि नाई संघ ताप्लेजुङले सैलुनको सेवा शुल्कमा बृद्धि गरेको हो ।

नाई संघ ताप्लेजुङका अध्यक्ष महाविर ठाकुरका अनुसार अब यहाँ कपाल काटेको मूल्य १ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि कपाल काटेको सेवा शुल्क जनही १ सय रुपैयाँ रहेको थियो । नयाँ सेवा शुल्क अनुसार अब कपालको रेजर गरेको जनही १ सय ५० र डिजाइनिङ कपाल काटेको २ सय रुपैयाँ पर्छ । राउण्ड काटेको ५० र चेहरा दारी,फम दारी र क्लिजिङ दारी काटेको समान जनही १ सय ५० रुपैयाँ कायम गरिएको नाई संघले जनाएको छ । साधारण कपाल कालो गर्दा २ सय ५० देखि ४ सय ५० रुपैयाँ र मात्र कपाल कालो गरेवापत १ सय रुपैयाँ सेवा शुल्क लिइने भएको छ । नाई संघले साधारण फेसवासको ३ सय ५० रुपैयाँ र साधारण फेसियलको ६ सय रुपैयाँ कायम भएको जनएको छ ।

फेसियल गर्नुपरेमा १ हजार ५ सय रुपैयाँ,हाईलाईट गर्नुपरेमा ६ सय देखि १ हजार रुपैयाँ,कपाल पातला गरेवापत ५० रुपैयाँ,थे्रडिङ गरेवापत ७० रुपैयाँ र सेम्फो लगाएवापत १ सय रुपैयाँ सेवा शुल्क निर्धारण गरिएको नाई संघले जनाएको छ । यसअघि २०७६ साल असोज ३ गते नाई संघले सैलुन शुल्कमा बृद्धि गरेयता २०८० साल भदौ १ गतेबाट लागु हुनेगरी बृद्धि सहितको नयाँ सेवा शुल्क लागु गरेको जनाएको छ । यसअघि केश पातला गरेको ५०,केश रेजर गरेको १ सय,डिजाईनिङ केश काटेको २ सय,दारी काटेको ६०,चेहरा दारी र फम दारी काटेको १ सय र क्लिजिङ दारी काटेको १ सय ५० रुपैयाँ रहेको थियो । यस्तै राउण्ड काटेको ५०,केश कालो गरेको २ सय,सेम्फो गरेको १ सय,फेसवास गरेको २ सय ५०,फेसियल गरेको ५ सय,ब्लिज गरेको ३ सय ५०,हाईलाईट गरेको ५० र थ्रेडिङ गरेको ६० रुपैयाँ रहेको थियो ।
फोटो ः सैलुन सेवा प्रदान गर्दै ताप्लेजुङका एक सैलुन व्यवसायी । तस्बिर ः उज्यालो पोष्ट 

अरुलाई पनि शेयर गरौ !

Similar Posts