लम्पी स्किन रोगबाट हाल सम्म ताप्लेजुङ र पाँचथरमा गरी साढे ६ सय पशु मरे

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,साउन १२ । लम्पी स्किन रोगबाट हाल सम्म ताप्लेजुङ र पाँचथरमा गरी साढे ६ सय पशु मरेका छन् । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरका अनुसार पाँचथरमा ४ सय ४० र ताप्लेजुङमा २ सय ७ गरी अहिले सम्म कूल ६ सय ४७ पशु मरेका हुन् ।

केन्द्रका प्रमुख डाक्टर मनोजकुमार महतोका अनुसार सबैभन्दा बढी गाई–गोरु मरेका छन् । पाँचथरमा मात्रै ४ सय ३७ वटा गाई–गोरु र ३ वटा भैंसी–राँगा मरेका छन् । लम्पी स्किनबाट ताप्लेजुङमा २ सय ६ वटा गाई–गोरु र एउटा भैंसीको मृत्यु भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले जनाएको छ । केन्द्रका अनुसार ताप्लेजुङमा सबैभन्दा बढी पशु मिक्वाखोला गाउँपालिकामा मरेका छन् । त्यहाँ १ सय २ वटा गाई–गोरु मरेका छन् ।

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा भने लम्पी स्किनबाट अहिले सम्म पशुको मृत्यु भएको बिबरण प्राप्त नभएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार फुङलिङमा २२ वटा गाई–गोरु,पाथीभरा याङ्वरकमा १२ वटा,मेरिङदेनमा ३ वटा, मैवाखोलामा ३३ वटा,सिरिजङ्गामा २० वटा,आठराई त्रिबेणीमा १० वटा गाई–गोरु र सिदिङ्वामा ४ वटा गाई–गोरु र एउटा भैंसी–राँगा मरेका छन् ।

यस्तै पाँचथरको हिलिहाङ गाउँपालिकामा ४८ वटा गाई–गोरु र एउटा भैंसी–राँगा,फालेलुङ गाउँपालिकामा ७१ वटा गाई–गोरु,मिक्लाजुङ गाउँपालिकामा ७२ वटा गाई–गोरु र एउटा भैंसी–राँगा,याङ्वरक गाउँपालिकामा ११ वटा गाई–गोरु र एउटा भैंसी–राँगा मरेका केन्द्रले जानकारी दिएको छ । यस्तै तुम्बेवा गाउँपालिकामा ७६ वटा गाई–गोरु,कुम्मायक गाउँपालिकामा ४५ वटा गाई–गोरु,फाल्गुनन्द गाउँपालिकामा २६ वटा गाई–गोरु र फिदिम नगरपालिकामा ८८ वटा गाई–गोरु मरेका छन् ।

ताप्लेजुङ र पाँचथरमा गरी ४१ हजार ७ सय २२ वटा पशु प्रभावित भएका छन् । त्यसमध्ये ४१ हजार ६ सय ८ गाई–गोरु र १ सय १४ वटा भैंसी–राँगा रहेको केन्द्रले जानकारी दिएको छ । दुई जिल्लामा अहिले सम्म २८ हजार ६ सय २५ वटा पशुलाई खोप लगाई सकिएको र खोप लगाउने क्रम जारी रहेको समेत केन्द्रले जनाएको छ । केन्द्रले लम्पि स्निक बिरुद्धको औषधि उपचारमा मात्रै हाल सम्म ५३ लाख ७० हजार रुपैयाँ खर्च भईसकेको समेत केन्द्रले जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts