| |

प्रेस युनियन ताप्लेजुङ अध्यक्षमा पुनः पुर्कुटी चयन

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार २८ । नेपाल प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा पुनः सन्तोष पुर्कुटी चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा बुधबार सम्पन्न युनियनको पाँचौ जिल्ला अधिवेशनले पुर्कुटी अध्यक्ष रहेको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षद्वयमा कृष्ण फुरुम्बो, रञ्जना गुरुङ, सचिवमा तरुण भारती, सहसचिवमा अनुपा गुरुङ र कोषाध्यक्षमा फुर्वा शेर्पा चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा राजन गौतम, देवेन्द्र बानियाँ, शंकर शेर्पा, पवित्रा लिम्बू, दाखाङ्डु शेर्पा, अर्जुन कटुवाल र तुलसी राई चयन हुनुभएको छ ।
नेपाली काँग्रेसका जिल्ला सभापति गजेन्द्र तुम्याहाङको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा केन्द्रीय प्रतिनिधिका रुपमा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य भीमकुमार बास्कोटा, प्रदेश प्रतिनिधिमा युनियन कोशी प्रदेशका लेखा समिति संयोजक लक्ष्मी गौतमको उपस्थिति रहेको थियो ।
जिल्ला अधिवेशन उद्घाटनमा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव प्रयास लिम्बू, प्रेस चौतारी नेपाल ताप्लेजुङका बसन्त पालुङ्वा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्रतिनिधि प्रिसा बस्नेतलगायत पेशागत संघ/संगठनका प्रतिनिधिले शुभकामना मन्तव्य दिनुभएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts