तीनवटा तालिम सञ्चालन गर्दै घरेलु कार्यालय

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १० । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले तीनवटा एक महिने तालिम सञ्चालन गर्ने भएको छ ।

उद्योग अधिकृत लक्ष्मी सुहाङका अनुसार वासिङ मेसिन तथा फ्रिज मर्मत तालिम,वारिष्ठा तालिम र जुत्ता चप्पल बनाउने तालिम सञ्चालन हुने छ । कार्यालयले तीनवटै तालिमका १५ जनाका दरले सहभागीता गराउने जनाएको छ । वासिङ मेसिन तथा फ्रिज मर्मत र जुत्ता चप्पल बनाउने तालिम फुङलिङ नगरपालिका वडा नं ५ मा र वारिष्ठा तालिम फुङलिङ नगरपालिका वडा नं ६ मा सञ्चालन हुने समेत कार्यालयले जनाएको छ ।

१८ बर्ष पूरा भएका र तालिममा सहभागी हुन इच्छुकले भदौ १० गतेका मितिले ७ दिन भित्र आबेदन दिन सकिने समेत घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । कार्यालयले चालु आर्थिक बर्ष २०८३।८४ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त तालिम दिन लागिएको जनाएको छ ।

Similar Posts