पाथीभरा याङवरकको घुम्ति शिविर साउन ६ देखि

उज्यालो पोष्ट
ताप्लेजुङ,असार ३० । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले २०८३ सालको साउन ६ गते १२ गतेसम्म पालिकाका प्रत्येक वडामा पुगेर घुम्ति सेवा शिविर सञ्चालन गर्ने भएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजनाथ पोख्रेलका अनुसार शिविरका बेला सामाजिक सुरक्षा भत्ता बितरण र ६० बर्ष माथि उमेर समूहका नागरिकको सामान्य स्वास्थ्य परीक्षण गरिने भएको छ । प्रमुख प्रशासकीय अधिकृत पोख्रेलका अनुसार साउन ६ गते वडा नं १ नाङखोल्याङमा,साउन ७ गते वडा नं ३ तिरिङ्गेमा,साउन ८ गते वडा नं ४ डुम्रिसेमा,साउन ११ गते वडा नं ५ चाक्सिबोटेमा र साउन १२ गते वडा नं ६ थुम्बेदिनमा शिविर सञ्चालन हुने छ ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि सामाजिक सुरक्षा भत्ता परिचयपत्र,नेपाली नागरिकताको प्रमाणपत्र,नावालकको हकमा जन्मदर्ता र संरक्षकको नेपाली नागरिकताको प्रमाणपत्र तथा अपाङ्गको हकमा अपाङ्गता परिचयत्र र स्वास्थ्य परीक्षणका लागि नेपाली नागरिकताको प्रमाणपत्र आवश्यक हुने पालिकाले जनाएको छ ।

Similar Posts