राष्ट्रपति रनिङ शिल्डमा ताप्लेजुङका अमिरलाई दोहोरो स्वर्ण
उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १८ । कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा एथलेटिक्सतर्फ ताप्लेजुङका खेलाडी अमिर लिम्बूले दोहोरो स्वर्णपदक जित्नु भएको छ ।
१ हजार ५ सय मिटर र ३ हजार मिटर दौडमा उहाँले स्वर्ण पदक हात पारेको ताप्लेजुङबाट अफिसियल प्रतिनिधित्व कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पुगेका गणेश प्रसाइँले जानकारी दिनुभयो । उहाँका अनुसार ८ मिटर दौडमा ताप्लेजुङका सविन विकले रजत पदक जित्नुभयो ।
१००×४ रिले दौडमा सविन विक,लक्ष्मण तामाङ,कुशल भट्टराई र तारेहाङ लिम्बूको समूहले कास्य पदक जितेको छ । सटफुट छात्रतर्फ दिलिप साँवाले रजत पदक जितेको समेत प्रसाँइले जानकारी दिनुभयो ।