एक समाजसेवीले कर्भडहलका लागि दिए निःशुल्क जग्गा

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २४ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा कर्भडहल निर्माणका लागि त्यहाँका स्थानीय सामाजिक अगुवाले १ रोपनी ७ आना जग्गा निःशुल्क प्रदान गर्नु भएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङदेम्बेका अनुसार तेल्लोकका सामाजिक व्यत्तित्व दिनेश भट्टराई र उहाँकी पत्नी रेनु सेढाइँ भट्टराईले १ रोपनी ७ आना जग्गा पालिकाको नाममा निःशुल्क पास गरिदिनु भएको छ ।

जग्गाको अभावमा स्थायी कर्भडहल निर्माण गर्न नसकिरहेको पालिकाले अब त्यहाँ कर्भडहल निर्माणको प्रकृया आरम्भ गर्ने छ । ब्याड मिन्टन खेल्ने प्रयोजनका लागि त्यहाँ त्रिपाल टाँगेर अस्थायी खेलस्थल बनाईएको छ ।

पालिका अध्यक्ष लालकृष्ण चौहान,प्रमुख प्रशासकीय अधिकृत आङदेम्बे,वडा नं ४ तेल्लोकका वडाध्यक्ष रुपदास भट्टराई सहितका जनप्रतिनिधि र कर्मचारीको टोलीलाई जग्गादाता भट्टराईले पालिकाका नाममा निःशुल्क जग्गा प्रदान गर्दै धनीपूर्जा हस्तान्तरण गर्नु भएको छ ।

Similar Posts