प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै सुनसरीका युवाको टोली पाथीभरा मन्दिरमा

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २२ । प्रधानमन्त्री वालेन्द्र शाहको सफल कार्यकालको कामना गर्दै सुनसरी दुहवीका एक दर्जन युवा शाहको तस्बिर सहित ताप्लेजुङस्थित पाथीभरा मन्दिर पुगेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार युवाको समूहले प्रधानमन्त्री शाहको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पूजाअर्चना समेत गरेका थिए । चुनावी प्रचारप्रसारका बेला देश दौडाहामा निस्किने क्रममा शाहले पाथीभरा मन्दिरमा पुगेर पूजाअर्चना गर्नु भएको थियो ।

समुद्र सहतबाट ३ हजार ७९४ मिटर उचाईमा रहेको पाथीभरा मन्दिरलाई विश्वास र आस्थाका देवी मानिन्छ । मन्दिरको दर्शन गरे आफुले मागेको वर पाइने जनविश्वास रहेको छ । तत्कालिन राजा देखि राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री सहितका उच्च पदस्थ व्यत्तित्वले ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शन तथा पूजाआजा गर्दै आइरहनु भएको छ ।

Similar Posts