जिप्रका ताप्लेजुङद्धारा हरित पैदल यात्रा तथा उमेर समूहगत दौड प्रतियोगिता सम्पन्न
उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २१ । जिल्ला प्रहरी कार्यालयले शनिवार हरित पैदल यात्राका साथ समूहगत दौड प्रतियोगिता सम्पन्न गरेको छ ।
जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतमका अनुसार प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँ सहित जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुख तथा कार्यरत सुरक्षाकर्मी र सञ्चारकर्मी समेतको सहभागितामा हरित पैदल यात्रा(वाकाथन)सम्पन्न भएको हो । फुङलिङस्थित जिल्ला प्रहरी कार्यालयको मुख्य प्रवेशद्धारबाट सुरु भएको वाकाथन ८ किलोमिटर दूरीको सुकेटारसम्म पुगेर सकिएको थियो । सुरक्षाकर्मी र सञ्चारकर्मी सहभागी समूहगत दौड आयोजना गरिएको थियो । दौडमा महिला प्रहरी र महिला सञ्चारकर्मी,उत्कृष्ट वाकाथनकर्ता तथा उमेर समूहतर्फ १८–३० बर्ष,३० देखि ४० बर्ष र ४०–४५ बर्ष उमेर समूहकाबिच प्रतिश्पर्धा गराईएको थियो । बिजेतालाई पुरस्कार समेत बितरण गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिनुभयो ।
स्वस्थ्य र स्फुर्त शरिर र स्थिर मनका लागि प्राकृतिक हरियाली भएको क्षेत्रमा वाकाथन गरी प्राकृतिक सुन्दरताको अवलोकन समेतलाई ध्यानमा राखेर कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी प्रमुख गौतमले बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी सेढाइँले आफ्नै शरीरलाई फाइदा हुने वाकाथन तथा दौडले सुरक्षा निकायमा कार्यरत जनशक्तिलाई आत्मसम्मान,प्रतिभा सम्मान तथा प्राकृतिक मनोरमको दृश्यावलोकनमा सहयोग पुगेको बताउनुभयो ।
कार्यक्रममा नेपाली सेनाको यहाँस्थित दुर्गादल गुल्मका गुल्मपति उमेश खड्का,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठक,प्रमुख अनुसन्धान अधिकृत श्रीभजन राय,प्रहरी निरीक्षकद्धय जटाशंकर यादव र आशिष पोखरेल,पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य,पूर्व अध्यक्ष खगेन्द अधिकारी,पत्रकार महासंघ ताप्लेजुङका पदाधिकारीहरु सहितको सहभागिता रहेको थियो ।