फक्ताङलुङमा कक्षा ८ को परीक्षा दुई केन्द्रमा
उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २६ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले कक्षा ८ को पालिका स्तरीय बार्षिक परीक्षा दुई केन्द्रमा केन्द्रित गरी सञ्चालन गर्न थालेको छ ।
पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)का अनुसार पालिकाको वडा नं ५ स्थित तापेथोक माध्यमिक बिद्यालयमा एक केन्द्र र वडा नं ३ लिङखिमस्थित सिँवा मावि परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गर्न सुरु गरेको हो ।
फक्ताङलुङले केहि बर्षदेखि कक्षा ८ को परीक्षा भने अन्तर बिद्यालय केन्द्रित गरी सञ्चालन गर्दै आइरहेको छ । पास वा फेल समेतको निर्धारण समेत गर्दै आएको परीक्षामा ग्रेडबृद्धि परीक्षा समेत सञ्चालन हुने छ । ग्रेडबृद्धिमा समेत असफल हुने बिद्यार्थीले कक्षा दोहो¥याउनुपर्ने पालिकाको नियम छ ।