हिमाली क्षेत्रमा फोहोरजन्य सामग्री शून्य बनाउने अभियान

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २७ । स्वास्थ्य,वातावरण र जलवायुमा परिरहेको असर न्यूनीकरणका लागि काम गर्दै आएको हेक्याफ–३६० ले हिमाली क्षेत्रमा फोहोरजन्य सामग्री शुन्य बनाउने अभियान सुरु गरेको छ ।

फोहोर जलाउनु मात्र समस्याको समाधान नभएको भन्दै त्यसबिरुद्ध जागरण अभियान चलाउँदै आएको हेल्थ इन्भाइरोमेन्ट एण्ड क्लाइमेन्ट एक्सन फाउण्डेसन(हेक्याफ–३६०)ले फोहोरको वर्गिकरण गरी सोहि अनुसार उचित र प्रभावकारी व्यवस्थापनमा ध्यान दिनुपर्ने कार्यलाई अभियानको रुपमा अघि बढाएको हो । हेक्याफ–३६० ले हिमाली क्षेत्र अन्तरगत ताप्लेजुङको कञ्चनजंघा आधार शिविर क्षेत्रमा फोहोरजन्य सामाग्रीको अवस्था बारे अध्ययन गरेको हो । मंगलवार फुङलिङमा आयोजित कार्यक्रममा हेक्याफ–३६० का कार्यकारी निर्देशक मोचन भट्टराईले कञ्चनजंघा आधार शिविर क्षेत्रमा फोहोरजन्य सामाग्रीको अवस्थाको अध्ययन भएको जानकारी दिनुभयो । उहाँका अनुसार हेक्याफ–३६० ले पाइलट प्रोजेक्टको रुपमा कञ्चनजंघा आधार शिविरमा फोहोरजन्य सामग्रीको अवस्था र व्यवस्थापनको कार्य गरिएको थियो ।

अध्यनकै सिलसिलामा कञ्चनजंघा संरक्षण क्षेत्रको आधार शिविर ओक्ताङ पुगेर फर्किनु भएका हिमाल सफाई अभियानका एक अभियान्ता पिके शेर्पाका अनुसार कञ्चनजंघा क्षेत्र फोहोरका हिसावले खास जोखिममा छैन । आफुहरुले समेत हिमाल सफाई अभियान सञ्चालन गरेको र नेपाली सेनाले समेत सफाई अभियान सञ्चालन गरेका कारण पछिल्लो अध्ययन र भ्रमणमा आफुहरुले आधार शिविर क्षेत्रमा कमै मात्र फोहोर संकलन गर्न सकेको शेर्पाले बताउनुभयो । उहाँका अनुसार करिव २७ किलोग्राम प्लाष्टिकजन्य फोहोर संकलन भएको छ । संकलित फोहोरलाई वर्गिकरण गरी उच्च प्रदुषण हुने फोहोरलाई काठमाडौं लगिने शेर्पाले जानकारी दिनुभयो । उहाँले सिरिजङ्वा गाउँपालिकाका १७ बर्ष माथि उमेर समूहका बिद्यार्थीलाई समेत हिमाली क्षेत्रमे फोहोर व्यवस्थापन तथा संकलन कार्यमा सहभागी गराएको जानकारी दिनुभयो । बिद्यार्थीले हिमाली क्षेत्रको फोहोरको अवस्था बारे जानकारी हाँसिल समेत गर्ने र आफ्ना सहपाठी तथा अभिभावकलाई फोहोर व्यवस्थापनका बारेमा जानकारी समेत गराउने सक्ने भएकोले शेर्पाले उक्त कार्यमा विद्यार्थीको सहभागितालाई प्रभावकारी अभियानको रुपमा बुझे्नु भएको छ ।

हिमाली क्षेत्रको फोहोर भित्रपनि प्लाष्टिकजन्य फोहोरले वातावरणीय प्रदुषणलाई बढाउने र स्वास्थ्य तथा जलवायुमा गम्भिर असर गर्ने यस क्षेत्रका जानकार सुजाता राजपूत बताउँनुहुन्छ । उहाँका अनुसार कञ्चनजंघा आधार शिविर क्षेत्रमा भेटिएका प्लाष्टिकजन्य फोहोरमध्ये सबैभन्दा बढी पोलिथिन ब्याग,म्याट,पानीका बोतल र झ्यार–झ्यार गर्ने चाउचाउका खोल बढी भेटिएका छन् । प्लाष्टिकजन्य सामग्रीलाई ७ प्रकारमा बिभाजन गरेर हेरिएपनि बढी मात्रामा ४ प्रकारका सामग्री कञ्चनजंघा आधार शिविर क्षेत्रमा फेला परेको राजपूतले बताइन् । हेक्याफ–३६० ले धारणा,अवधारणा र व्यवहार परिवर्तनमार्फत फोहोरजन्य सामग्रीको उचित व्यवस्थापनका कार्यलाई अघि बढाउने बताएको छ । सुरुमा अस्पतालको फोहोरको उचित व्यवस्थापन गर्ने कार्य गरेको हेक्याफले हिमाली क्षेत्रको फोहोरको उचित र प्रभावकारी व्यवस्थापनको बारेमा अध्ययन गरेको भने यो पहिलो हो ।

 

 

 

 

 

Similar Posts