शैक्षिक सामग्री दिदैं प्रधानाध्यापकले मनाए जन्मदिन

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ २२ । आफ्ना बिद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्दै ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ४ साब्लाखुका एक प्रधानाध्यापकले बिद्यालयमै जन्मदिन मनाउनु भएको छ ।

स्थानीय शिक्षक वीरेन्द्र दाहालका अनुसार सिदिङ्वा–४ स्थित सरस्वती माध्यमिक बिद्यालयका प्रधानाध्यापक गोपालप्रसाद गौतमले बिद्यालयका बाल कक्षा देखि कक्षा १० सम्मका सबै बिद्यार्थीलाई एक–एक थान कापी र डटपेन बितरण गर्दै जन्मदिन मनाउनु भएको हो ।

शैक्षिक सामग्री बितरण पछि प्रधानाध्याक गौतमले बिद्यार्थीलाई शैक्षिक सफलताको शुभकामना दिनु भएको थियो भने बिद्यार्थीले जन्मदिन मनाउनु भएका गौतमको दीर्घजीवन र सुस्वास्थ्यको कामना गरेका थिए ।

Similar Posts