|

विद्यार्थीलाई न्यानो स्विटर वितरण

-उज्यालो पोष्ट
ताप्लेजुङ, माघ १९ । ताप्लेजुङका एक युवा समाजसेवी निर्माण व्यवसायीले विद्यार्थीलाई न्यानो कपडा (स्विटर) वितरण गर्नुभएको छ । जिल्लास्थित नियान्स कन्स्ट्रक्सन प्रालिका सञ्चालक निसान लिम्बू (कुमार) ले विद्यार्थीलाई न्यानो स्विटर वितरण गर्नुभएको हो ।
युवा समाजसेवी तथा निर्माण व्यवसायी लिम्बूले फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा रहेको सिबु आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आइतबार स्विटर वितरण गर्नुभएको छ । उक्त विद्यालयको कक्षा १ देखि ५ सम्म अध्ययनरत करिव ६० जना विद्यार्थीलाई न्यानो स्विटर वितरण गरेको व्यवसायी लिम्बूले जानकारी दिनुभयो ।
अहिलेको जाडो मौसममा विद्यार्थीको स्वास्थ्य सुरक्षा साथै नियमित विद्यालय आउने वातावरण बनाई उनीहरुको पढाइलाई सुधार गर्ने र गुणस्तरीय बनाउनमा सहयोग पु¥याउने उद्देश्यले न्यानो कपडा (स्विटर) वितरण गरेको लिम्बूले बताउनुभयो । युवा समाजसेवी लिम्बूले वितरण गर्नुभएको न्यानो स्विटरले विद्यार्थीलाई ठूलो राहत मिलेको विद्यालयका प्रधानाध्यापक महेश पौडेलले बताउनुभयो ।
निर्माण व्यवसायी लिम्बूले यसअघि पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेस्थित अरनिको आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पनि न्यानो स्विटर र शैक्षिक सामगी्र वितरण गर्नुभएको थियो । उहाँले जिल्लाका पर्यटकीय गन्तव्य सहितका सार्वजनिक स्थलमा फोहोरदानी (डस्टविन) राख्ने लगायतका सामाजिक कार्यहरु पनि गर्दै आउनुभएको छ ।

Similar Posts