हराएको २० तोला चाँदीसहित एक जना पक्राउ

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ १२ । ताप्लेजुङ प्रहरीले फुङलिङस्थित एक ज्वेलर्सबाट हराएको २० तोला चाँदी सहित शंकास्पद एकजनालाई एक घण्टा भित्रै नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

फुङलिङस्थित अनमोल ज्वेलर्सबाट हराएको १८ तोलाको चन्द्रहार र थप दुई तोला चाँदीसहित २० तोला चाँदी सहित प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतमका अनुसार अनुसन्धानका क्रममा फुङलिङ नगरपालिका २ का २२ वर्षीय डेनिस गुरुङलाई चन्द्रहारसहित नियन्त्रणमा लिइएको छ ।

फुङलिङ नगरपालिका २ घर भई वीरेन्द्र चोकमा अमृतकुमार विश्वकर्माको नाममा रहेको अनमोल ज्वेलर्समा आइतवार साँझ साढे ५ बजे कोही नभएको समयमा चोरी भएको थियो । पसलमा चन्द्रहार नभएपछि सञ्चालकले तत्कालै प्रहरीमा खबर गरेका थिए ।

तत्कालै पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख गौतम नेतृत्वको टोलीले सिसिटिभी फुटेज हेरेर अनुसन्धान सुरु अनुसन्धान सुरु गरेको थियो । सोहि आधारमा चाँदी सहित गुरुङलाई घटना भएको एक घण्टा भित्रमै पक्राउ गर्न सफल भएको प्रहरीले बताएको छ ।

Similar Posts