मिनी ट्रिलर देखि सुन्तला र अलैंची सम्ममा अनुदान दिदैं मिक्वाखोला,कफि खेति कार्यक्रम पनि सञ्चालन हुने
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस ३० । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ५० प्रतिशत अनुदानमा पालिकाका किसानलाई मिनी ट्रिलर प्रदान गर्ने भएको छ ।
पालिकाले पालिकाका ५ वटै वडामा ५० प्रतिशत अनुदानमा अलैंची खेति प्रर्वद्धन तथा क्षेत्र बिस्तार कार्यक्रम सञ्चालन गर्ने भएको छ भने वडा नं १ र २ मा कफी खेति बिस्तार कार्यक्रम सञ्चालन गर्ने भएको छ । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितनारायण यादवका अनुसार वडा नं ५ पापुङ बाहेक वडा नं १,२,३ र ४ मा भने सुन्तला खेति प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्न लागिएको हो । निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवका अनुसार संघीय सर्शत अनुदान कार्यक्रममार्फत सुन्तला खेति प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
कोशी प्रदेश सरकारको सर्शत अनुदानमा ५० प्रतिशत लागत साझेदारीमा कार्यक्रम हुनेगरी कफी क्षेत्र बिस्तार तथा प्रर्वद्धन कार्यक्रम सुरु गर्न लागिएको हो । अलैंची खेति प्रर्वद्धन तथा क्षेत्र बिस्तार कार्यक्रम पनि कोशी प्रदेश सरकारमार्फत किसानको ५० प्रतिशत लागत साझेदारीमा सञ्चालन गर्न लागिएको हो । मागमा आधारित कृषि उपकरण कार्यक्रममा समेत किसानको ५० प्रतिशत लागत साझेदारी रहने गरी कोशी प्रदेश सरकार मातहतकै कार्यक्रम हुन लागेको मिक्वाखोला गाउँपालिकाले जनाएको छ ।