नेरेसो फुलवारी उपशाखामा सिटौला
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २२ । नेपाल रेडक्रस सोसाईटी फुलवारी उपशाखामा कृष्णप्रसाद सिटौला सभापति रहेको ११ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन भएको छ ।
निर्वाचन अधिकारी नरेन्द्रकुमार अधिकारीका अनुसार शाखाको उपसभापतिमा नन्दकुमारी न्यौपाने(सिटौला),सचिवमा शंकर भट्टराई,कोषाध्यक्षमा विजय गौतम,उपसचिवमा कुमार उप्रेति,उपकोषाध्यक्षमा बेदप्रसाद सुबेदी चयन हुनु भएको छ ।
सदस्यहरुमा मञ्जु पौडेल भट्टराई,पदम सेन्दाङ,योगेन्द्र दाहाल,सुजाता संग्रौला र चन्द्रकला थापा रहनु भएको अधिकारीले जानकारी दिनुभयो ।