महिला वडाध्यक्ष रहेको सिकैचास्थित सरस्वती माविको विव्यस अध्यक्ष पनि महिला,बन्यो पहिलो ईतिहाँस
खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस ११ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचास्थित सरस्वती मावि कुञ्जारीले स्थापनाकालदेखि अहिलेसम्ममा पहिलोपटक बिद्यालय व्यवस्थापन समितिमा महिला नेतृत्व पाएको छ । बिद्यालय व्यवस्थापन समितिको नेतृत्वमा महिला कमैमात्र रहेको अवस्था कुञ्जारीले तोडेको हो ।
कुञ्जारीको बिब्यस समितिले पूर्णता पाउँदा शान्ति योङ्हाङ यवागु अध्यक्ष बन्नु भएको छ । २०२४ सालमा स्थापना भएको उक्त बिद्यालयले व्यवस्थापन समितिले पहिलोपटक महिला नेतृत्व पाएको हो । बिद्यालय व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रधानाध्यापक केशव अधिकारीका अनुसार समितिका सदस्यहरुमा तारावीर काङ्वा,बिमू मादेन,सुरेन लक्सम्वा,नवराज बुढाक्षेत्री,नेहा काङ्वा राई सर्वसम्मत चयन हुनु भएको छ् । व्यवस्थापन समितिमा रहने दुई पदेन सदस्यमा शिक्षकहरुको प्रतिनिधित्व गर्दै महिला शिक्षक कञ्चन तामाङ सदस्य बन्नु भएको छ । ताप्लेजुङ जिल्लामै एकमात्र निर्वाचित महिला वडाध्यक्ष रहनु भएकी कुमारी साउदेन समेत विव्यसको पदेन सदस्य हुनुहुनेछ ।
साउदेन ताप्लेजुङको एकमात्र निर्वाचित महिला वडाध्यक्ष हुनुहुन्छ भने वडाध्यक्ष सदनकुमार साँवाको मृत्युपछि मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाको कार्यवाहक वडाध्यक्षको जिम्मेवारी महिला वडा सदस्य सलिना बराईलीले पाउनु भएको छ । शान्ति भन्दा अघि सरस्वती मावि सिकैचाको बिद्यालय व्यवस्थापन समितिमा हालसम्म जसबहादुर लक्सम्बा,रामध्वज बोखिम,कालिबहादुर बोखिम,आसबहादुर काङ्वा,नरबहादुर काङ्वा,जयबहादुर बोखिम,लालबहादुर लक्सम्बा,दिलप्रसाद बोखिम,सन्तोष चाम्लिङ,भीमबहादुर लक्सम्बा(कार्यवाहक),गोपाल चोमरिया र सुकप्रसाद काङ्वाले नेतृत्व गरेको ईतिहाँस रहेको छ । बिद्यालयको स्थापना जसबहादुर लक्सम्बा,कालिबहादुर बोखिम,दिलबहादुर बिष्ट र कालिबहादुर दाहाल सहितले गरेको बताइन्छ । स्थापनाकालमा जग्गादाता र भवन निर्माणकर्ताको रुपमा हस्तबहादुर बुढाथोकीको नाम रहेको छ ।