प्रहरीका असई देवानको मृत्यु, ह्रृदयघातको आशंका

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस ९ । ताप्लेजुङबाट जिल्ला प्रहरी कार्यालय उदयपुरमा रवाना बुझेका प्रहरी सहायक निरीक्षक मनिष देवानको मृत्यु भएको छ । उहाँलाई ह्रृदयघात भएको हुनसक्ने आशंका गरिएको छ ।

जिल्ल प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी जटाशंकर यादवका अनुसार इलाम जिल्लाको माइजोगमाई गाउँपालिका वडा नं ३ घर भई हाल जिम्मेवारीको सिलसिलामा फुङलिङ वीरेन्द्रचौक बस्दै आउनु भएका प्रसनी देवानको गएराति मृत्यु भएको हो ।

डेरामा बसिरहेको अवस्थामा अचानक बिरामी भई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल पु¥याउँदा चेकजाँच गर्ने क्रममा चिकित्सकले देवानको मृत्यु भएको पुष्टी गरेको प्रहरीले बताएको छ । मनिषको शव ताप्लेजुङ जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।

ताप्लेजुङमा कार्यरत उहाँको जिल्ला प्रहरी कार्यालय उदयपुर कन्ट्रोलरुम दरबन्दीमा सरुवा भएपछि उहाँले मंसिर २३ गते रवाना बुझी सरुवा भएको स्थल जाने तयारीमा रहनु भएको थियो । उहाँकी श्रीमति प्रहरी बरिष्ठ हवल्दार सन्तोषी थापा समेत जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको संचारमा कार्यरत रहनु भएको छ ।

 

Similar Posts