नेरोसो सिकैचा उपशाखामा अधिकारी
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस ६ । नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ अन्तरगत सिकैचा उपशाखाको सभापतिमा लक्ष्मीप्रसाद अधिकारी चयन हुनु भएको छ ।
उपशाखाको अधिबेशनसभाले अधिकारी सभापति रहेको ११ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको उक्त निर्वाचनका लागि जिल्ला शाखाबाट तोकिनु भएका निर्वाचन अधिकारी कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
भट्टराईका अनुसार उपशाखाको उपसभापतिमा सीतादेवी भट्टराई,सचिवमा पर्शुराम दाहाल,कोषाध्यक्षमा शान्ति योङहाङ यवागु,उपसचिवमा आशिष काङ्वा लिम्बू र उपकोषाध्यक्षमा निर्मला नेपाल चयन हुनु भएको छ । सदस्यहरुमा कल्पना काङ्वा कङलिवा,चन्द्रकुमार लिम्बू,धिरप्रसाद पौडेल,मदनकृष्ण दाहाल र रमेश भट्टराई रहनु भएको छ ।