नेत्रहिनहरुका लागि आधारभूत कम्प्युटर तालिम सुरु
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस ५ । फुङलिङ नगरपालिकाको सहयोगमा नेत्रहिन संघ ताप्लेजुङले शनिवारबाट आधारभूत कम्प्युटर तालिम सुरु गरेको छ ।
माघ २० गतेसम्म चल्ने तालिमको नगरप्रमुख अमिर मादेनले उद्घाटन गर्नु भएको छ । नगरप्रमुख मादेनले नेत्रहिन संघ ताप्लेजुङमा आवद्धहरुलाई पाथीभरा क्षेत्र विकास समिति सहितका निकायले क्षमता विकासमा सघाउने भन्दै आफुले त्यसका लागि पहलकदमी गर्ने विश्वास लिनुभयो ।
कम्प्युटर तालिमको सहजीकरण युनिभर्सल कम्प्युटर इन्स्टिच्युले गर्ने नेत्रहिन संघ ताप्लेजुङका अध्यक्ष नरसिंह थलङले बताउनुभयो ।