७५ प्रतिशत अनुदानमा पशु उपलब्ध गराउँदै फक्ताङलुङ

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस १ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा किसानलाई पशु(गाई,साँढे र बाख्रा) उपलब्ध गराउने भएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेका अनुसार पालिकाको वडा नं ५ मा रहेको एकीकृत कृषि तथा पशुपंक्षि अनुसन्धान केन्द्रमा रहेका पशु एक चौथाई किसानको लगानी हुनेगरी उपलब्ध गराउन लागिएको हो । तेम्बेका अनुसार जर्सी क्रम गाई १ माउ,सानन्न जातको बाख्रा ६ माउ र जर्सी क्रम साँढे एउटा अनुदानमा उपलब्ध गराउन लागिएको हो ।

उल्लेखित पशु अनुदानमा प्राप्त गर्न इच्छुक किसानलाई पुस ६ गते भित्र पालिकामा आबेदन दिन समेत प्रमुख प्रशासकीय अधिकृत तेम्बेले सूचित गर्नु भएको छ ।

 

Similar Posts