माध्यमिक बिद्यालय स्तरीय भलिबल प्रतियोगिता सुरु

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर १८ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ताप्लेजुङको बार्षिक कार्यक्रम २०८२ अनुसार बिहीबारबाट प्याब्सन आवद्ध माध्यमिक स्तरीय छात्र–छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ ।

प्याब्सन ताप्लेजुङको बार्षिक कार्ययोजना तथा कन्चन नवज्योति स्कुलको आयोजनामा प्रतियोगिता सुरु भएको प्याब्सन जिल्ला सचिव तरुण भारतीले जानकारी दिनुभयो । प्याब्सन ताप्लेजुङका कार्यवाहक अध्यक्ष(उपाध्यक्ष)देवराज गुरुङले रेफ्री तथा अफिसियल टिमलाई भलिबल हस्तान्तरण गर्दै कार्यक्रम शुभारम्भ गर्नु भएको छ ।

Similar Posts