मैवाखोलामा मंसिर २१ बाट तेस्रो आमन्त्रित लालिमा कप पुरुष फुटबल प्रतियोगिता

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १७ । ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं २ मा तेस्रो आमन्त्रित लालिमा कप पुरुष फुटबल प्रतियोगिता मंसिर २१ गतेदेखि हुने भएको छ ।

लालिमा क्लवको आयोजनामा यही मंसिर २१ गतेदेखि २५ गतेसम्म हुने उक्त प्रतियोगिता ठोट्ने सिंहराज मनरानी आधारभूत बिद्यालयको खेल मैदानमा सञ्चालन हुने क्लवका अध्यक्ष गणेश राईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताका बिजेताले १ लाख ६५ हजार र उपबिजेताले ९० हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् । विधागततर्फ समेत आकर्षक पुरस्कारका साथ ट्रफी,मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको क्लवका अध्यक्ष राईले जानकारी दिनुभयो । उहाँका अनुसार फुटबल प्रतियोगिताका साथ ब्याडमिन्टन,हाँडी फुटाई,छेलो र डोरी तान्ने प्रतियोगिता समेत हुने भएका छन् ।

मौलिक साँस्कृतिक झाँकीतर्फ केलाङ,संगिनी नाच,डम्फु नाच,झाँक्री नाँच,स्याब्रो नाच,संगिनी नाच र नौमति बाजा समेत प्रस्तुत गर्ने कार्यक्रम रहेको क्लवले जानकारी दिएको छ । मैवाखोला गाउँपालिकाको मुख्य प्रायोजन तथा वडा नं २ को सह–प्रायोजनमा हुने उक्त कार्यक्रममा लेकुवा साँस्कृतिक परिवार,मैवाखोला क्लव,ठोट्ने सिंहराज मनरानी आधारभूत बिद्यालय सहयोगी संस्थाको रुपमा रहनेछन् भने जिल्ला फुटबल संघले प्राविधिक सहयोग गरेको क्लवले जानकारी दिएको छ ।

Similar Posts