पार्टी अध्यक्ष ओली र आफ्नो धारणा सारभूत रुपमा मिलेको भन्दै सचिव भट्टराईले भन्नुभयो ‘खुसी लाग्यो’
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १२ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले प्रतिनिधिसभा पुर्नस्थापनाको सन्दर्भमा पार्टी अध्यक्ष केपी शर्मा ओली र आफुले प्रस्तुत गरेको धारणा सारभूत रुपमा मिलेको भन्दै खुसी व्यक्त गर्नु भएको छ ।
ओलीले पछिल्लो समय व्यक्त गरेको धारणा र उहाँले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको धारणा सामाजिक सञ्जालमा सार्वजनिक गर्दै भट्टराईले यि दुई धारणा सारभूत रुपमा मिलेको बताउनु भएको छ । एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभाको पुर्नस्थापना,तुरुन्तै संबिधान संशोधन,संसद नरहेको व्यक्तिपनि प्रधानमन्त्री हुन पाउने व्यवस्था,जेनजी सहितको सर्वपक्षिय सरकार,दलहरुबिच अग्रिम सहमति,तीनमहिना भित्र(फागुन २१) चुनावको धारणा सार्वजनिक गर्दै ओलीले आफु प्रधानमन्त्री नहुने पनि बताउनु भएको थियो ।
एमाले केन्द्रीय कमिटी बैठकमा सचिव भट्टराईले प्रतिनिधिसभा पुर्नस्थापना तर पूर्व प्रधानमन्त्रीहरु प्रधानमन्त्री नबने,सर्बदलिय र जेनजी प्रतिनिधिहरु समेतको सहभागितामा सरकार निर्माण,पुर्नस्थापित प्रतिनिधिसभाबाट जेनजी आन्दोलनको क्रममा व्यक्त माग र भावना अनुरुप सहमतिका आधारमा संबिधान संशोधन,भ्रष्टाचार नियन्त्रण र सुशासनका सन्दर्भमा कानुनी प्रवन्ध गर्नुका साथै ठोस घोषणा सहित बिशेष प्रस्ताव पारित,बढीमा ८ महिना भित्र संघ,प्रदेश र स्थानीय तहको निर्वाचन र त्यसमा पनि ‘वान नेशन,वान एलेक्सनको प्रवन्ध’को धारणा सार्वजनिक गर्नु भएको थियो ।