ताप्लेजुङमा नेपाली सेना सहितको चाडपर्वलक्षित संयुक्त गस्ति टोली

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक ७ । ताप्लेजुङमा नेपाली सेनासहितको चाडपर्वलक्षित संयुक्त गस्ति टोली परिचालन गरिएको छ ।

प्रमुख पर्वहरुमा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी वल सम्मिलित संयुक्त टोलीले निगरानी बढाएको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले जानकारी दिनुभयो । उहाँका अनुसार संवेदनशील तथा जोखिमयुक्त क्षेत्रमा नियमित निगरानीका साथै पैदल र सवारी गस्ती दुवै सञ्चालन गरिएको छ । प्रहरी, सशस्त्र र सेनाका तीनै सुरक्षा निकायका प्रमुखहरूको नेतृत्वमा चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयन भइरहेको प्रजिअ सेढाँईले बताउनुभयो ।

शान्ति–सुरक्षालाई सुदृढ बनाउन विशेष सुरक्षा योजना अन्र्तगत नेपाली सेना सहितको संयुक्त गस्ति टोली परिचालन गरिएको प्रजिअ सेढाईँले जानकारी दिनुभयो । चोरी,ठगी, जुवा,मदिराजन्य दुव्र्यवहार तथा अन्य आपराधिक गतिविधि रोकथामका लागि सुरक्षा निकायलाई उच्च सतर्कर्तामा राख्न यस्तो व्यवस्था गरिएको हो । योजना अनुसार नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी वल सम्मिलित संयुक्त गस्ती टोलीले जिल्ला सदरमुकामसहितका बजार र ग्रामीण क्षेत्रहरुमा समेत गस्ती गर्नेछन् ।

Similar Posts