सादेवाका पूर्व वडाध्यक्ष दाहाल मृत फेला

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २३ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं २ का पूर्व वडाध्यक्ष नरबहादुर दाहालको लडेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार ७० बर्षिय दाहाद बाटो हिड्ने क्रममा अचानक बाटो भन्दा अन्दाजी ५ फिट तल कोदोबारीमा घोप्टो परी लडी मृत अवस्थामा भेटिनु भएको छ ।
बस्नेतका अनुसार उक्त घटनाका बारेमा सिदिङ्वा गाउँपालिका वडा नं २ सादेवाका वडाध्यक्ष पूर्णकुमार माङमु लिम्बूले प्रहरीलाई जानकारी गराएपछि प्रहरी चौकी साब्लाखुबाट प्रहरी हवल्दार दुर्गाप्रसाद तुम्बापोको नेतृवमा प्रहरी टोली घटनास्थलतर्फ परिचालित भएको छ ।
स्थानीय प्रकाश राई(कैलास)का अनुसार मृतक दाहाल २०४९ सालको स्थानीय निकायको निर्वाचनमा वडाध्यक्ष निर्वाचित हुनु भएको थियो ।