सप्तमीको दिन पाथीभरा मन्दिरमा १,२५६ तीर्थालु

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १३ । बडादशैंको सातौं दिन सोमवार ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा १ हजार २ सय ५६ जना दर्शनार्थी पुगेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुुसार यो आइतवारको तुलनामा ३ सय ८० ले बढीले हो । हाङवाङका अनुसार शनिवार भने यो सिजनकै सबैभन्दा बढी २ हजार २ सय २६ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका थिए । गत शुक्रवार १ हजार २ सय ६७ जना दर्शनका लागि पाथीभरा मन्दिर पुगेका थिए ।
नवरात्रको समयमा प्रसिद्ध शक्तिपीठ पाथीभरामा दर्शनार्थीको संख्या बाक्लो हुने गर्छ । यसबर्ष अघिल्लो बर्षको असोज महिना भन्दा निकै ठूलो संख्यामा पाथीभरा मन्दिरको दर्शनमा आउने देखिएको छ । अघिल्लो बर्षको असोज महिनामा ५ हजार ९ सय ४९ जनाले मात्र पाथीभरा मन्दिरको दर्शन गरेको अभिलेख पाथीभरा क्षेत्र विकास समितिसंग रहेको छ ।