चालु आवमा नागरिकता लिनेभन्दा प्रतिलिपि लिने बढी

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ८ । ताप्लेजुङमा चालु आर्थिक बर्षको पछिल्लो दुई महिनामा नागरिकता भन्दा बढी नागरिकताको प्रतिलिपि जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार साउन र भदौ महिना भरीमा ६ सय २० थान नागरिकताको प्रतिलिपि जारी भएको छ । उक्त दुई महिनाको अवधिमा ४ सय ८९ थान नागरिकता जारी भएका छन् । सहायक प्रजिअ खड्काका अनुसार चालु आर्थिक बर्षको साउन र भदौ महिनामा जन्मका सन्तानलाई वंशजका आधारमा दिईने नागरिकता,बैबाहिक अंगीकृत नागरिकता र गैर आवासीय नेपाली नागरिकता जारी भएका छैनन् । प्रशासन कार्यालयले भदौ महिनामा २ सय २७ र साउन महिनामा २ सय ६२ थान वंशजका आधारमा दिईने नागरिकता जारी गरेको छ । नागरिकताको प्रतिलिप भने भदौ महिनामा २ सय ९७ थान र साउन महिनामा ३ सय २३ थान जारी भएको प्रशासन कार्यालयले जनाएको छ ।

चालु आवको भदौ मसान्तसम्ममा ४ सय ३१ थान राहदानीको सिफारिस जारी भएको छ । जारी भएकामध्ये ४ सय १३ थान साधारण र १८ थान दु्रत सिफारिस भएको छ । चालु आवमा अहिलेसम्म ४ सय ७२ थान राहदानी बितरण भएको समेत प्रशासन कार्यालयले जनाएको छ । चालु आवको साउन र भदौ महिना भरमा ताप्लेजुङमा भ्रष्टाचार मुद्दा,नाफाखोर मुद्दा र अन्य मुद्दा परेनन् भने अभद्र व्यवहारका ६ वटा मुद्दा परेकोमा प्रशासन कार्यालयले २ वटा मुद्दा फर्स्योट गरेको छ । चालु आवको दुई महिनामा २ हजार ५ सय ५० जनाले राष्ट्रिय परिचयपत्रमा आफ्नो विवरण दर्ता गरेका छन् भने ५५ जनाले राष्ट्रिय परिचयपत्रको विवरण सच्याएका छन् ।

राष्ट्रिय परिचयपत्रको रुजु फाराम हराई ३ सय ९३ जनाले उक्त विवरणको खोजीका लागि सम्पर्क गरेको समेत प्रशासन कार्यालयले जनाएको छ । भदौ महिनामा प्रशासन कार्यालयले २ सय ७ जना राहदानीको अनलाइन फारम निःशुल्क रुपमा भरिदिएको छ भने ३ सय ७४ जना सेवाग्राहीले कार्यालय प्रयोजनमा चाहिने आवश्यक कागजातको फोटोकपी तथा कागजातको निःशुल्क सुविधा पाएका छन् ।

Similar Posts