फुनपाले भन्यो‘सामान फिर्ता नगरे कारवाही गर्छौंं’

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २८ । प्रशासनिक भवन तोडफोड गरी केहि व्यक्तिले विभिन्न मालसमान लिएर गएको प्रमाण सिसी फुटेजमार्फत देखिएको भन्दै ताप्लेजुङको फुङलिङ नगरपालिकाले उक्त मालसमान सुरक्षित नगरपालिकामा फिर्ता गर्न आग्रह गरेको छ ।

नगरप्रमुख अमिर मादेनद्धारा आइतवार जारी सूचनामा जो जसले सुरक्षित राखेको भएपनि उक्त मालसमान तत्काल नगरपालिकालाई फिर्ता गर्न आग्रह गरिएको छ । मालसमान फिर्ता नगरे नगरपालिकाले प्राप्त प्रमाणका आधारमा कानुन बमोजिम कारवाही प्रकृया अघि बढाउने समेत बताएको छ ।

नगरप्रमुख मादेनद्धारा जारी सूचनामा जेन जी आन्दोलनका क्रममा केहि अराजक समूहको घुसपैठ भई गत भदौ २४ गते राति साढे ९ बजेतिर नगरपालिकाको प्रशासनिक भवन आगजानी तथा तोडफोड भएको उल्लेख गरिएको छ ।

Similar Posts