सिरिजङ्गाका जेन जीको उद्घोषः तोडफोड तथा क्षति अस्विकार्य,आन्दोलन शान्तिपूर्ण

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २६ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका जेन जी र युवा पुस्ताहरुले पालिका क्षेत्रमा कुनैपनि सरकारी कार्यालय तथा संघसंस्थाहरु तोडफोड तथा क्षति अस्विकार्य हुने घोषणा गरेका छन् ।

सिरिजङ्गा गाउँपालिकालाई माग तथा सुझावको रुपमा १२ बुँदे लिखित पत्र दिदैँ जेन जी र युवा पुस्ताले सकारात्मक सन्देश छर्ने प्रयत्न गरेका छन् । उनीहरुले उल्लेख भए अनुसारको बिषय कार्यान्वयनमा गए परिवर्तनका लागि सकारात्मक सन्देश प्रवाह हुने देखिएको छ ।

पालिकाका सम्पूर्ण वडाहरु जाने सडक बाटो दशैं अघि नै मर्मत गर्ने र गर्नुपर्ने,पालिका र मातहतका सम्पूर्ण कर्मचारीहरु निर्धारित समयमै कार्यालयमा पुग्नुपर्ने,गाउँपालिकाद्धारा सञ्चालित एम्बुलेन्स पालिकाको कार्यालय तथा प्राथमिक स्वास्थ्य केन्द्रमा राख्नुपर्ने,सरकारी सवारी साधन अनावश्यक रुपमा चलाउन नपाउने र बिना काम सार्वजनिक बिदाको दिन सार्वजनिक सवारी चलाउन बन्देज गर्नुपर्ने सिरिजङ्गा गाउँपालिकाका जेन जी र युवा पुस्ताहरुको माग रहेको छ ।

पालिका क्षेत्रका सम्पूर्ण सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने,पालिका भित्रका सम्पूर्ण संघसंस्था तथा पसलहरुमा कम्तिमा महिनाको एकपटक अनुगमन गरिनुपर्ने,आन्दोलन शान्तिपूर्ण गरिने र भ्रष्टाचार शुन्य सहनशिलतामा आधारमा सम्वन्धित पक्ष सक्रिय रहने माग गरिएको छ ।

Similar Posts