आठराई त्रिबेणी र सिरिजङ्गामा पनि शोक बिदा

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २४ । जेन जी को प्रर्दशनको क्रममा दर्जनौंको ज्यान जाने तथा सयौं घाइते तथा अंगभंग हुनेगरी भएको घटना तथा मृतकको चीर शान्तिका लागि ताप्लेजुङको आठराई त्रिबेणी र सिरिजङ्गा गाउँपालिकाले मंगलवार शोक बिदा दिएका छन् ।

आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले सूचना जारी गर्दै शोक बिदा दिएको घोषणा गर्नु भएको हो । यस्तै सिरिजङ्गा गाउँपालिकाले समेत मंगलवार एकदिनका लागि शोक बिदा दिएको घोषणा गरेको छ । पालिका अध्यक्ष लालकृष्ण चौहानले एक विज्ञप्ति जारी गरी घटनाप्रति दुःख व्यक्त गर्नु भएको छ । उता पालिका अध्यक्ष स्तरीय निर्णयले फक्ताङलुङ गाउँपालिकाले मंगलवार(आज)का लागि शोक बिदा दिई सकेको छ ।

फक्ताङलुङ पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)द्धारा जारी विज्ञप्तिमा मंगलवार(आज)पालिका तथा मातहतका सम्पूर्ण कार्यालय,संघसंस्था,बैक तथा वित्तीय संस्था र शैक्षिक संस्था समेत बन्द हुने उल्लेख गरिएको छ । तीनवटै पालिकाका अध्यक्षहरुले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकको चीर शान्तिको कामना,शोकाकुल परिवारमा शोक सहनका लागि याचना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

Similar Posts