सिरिजङ्गामा ४ दिने अल्ट्रासाउण्ड जाँच शिविर हुँदै

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १८ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले गर्भवती महिलाहरुको निःशुल्क अल्ट्रासाउण्ड जाँचका लागि घुम्ति शिविर सञ्चालन गर्ने भएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेका अनुसार भदौ २२ गते देखि २५ गतेसम्म यस्तो शिविर सञ्चालन हुने छ ।
पालिकाका स्वास्थ्य शाखाका संयोजक तथा जनस्वास्थ्य निरीक्षक सञ्जिव सिंहका अनुसार वडा नं ३ को स्वास्थ्य चौकी सिकैचामा भदौ २२ गते,वडा नं ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा भदौ २३ गते,वडा नं ५ स्थित पेदाङ स्वास्थ्य चौकीमा भदौ २४ गते र वडा नं ६ स्थित स्वास्थ्य चौकी मामाङ्खेमा भदौ २५ गते यस्तो शिविर सञ्चालन हुने छ ।