ताप्लेजुङमा सकियो बार्षिक समिक्षा कार्यक्रम

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १६ । ताप्लेजुङ जिल्लामा रहेका संघ तथा प्रदेशका कार्यालय तथा राष्ट्रिय र अन्तराष्ट्रिय गैर सरकारी संघसंस्थाहरुको बार्षिक समिक्षा कार्यक्रम सोमवार सकिएको छ ।
जिल्ला समन्वय समितिले आयोजना गरेको समिक्षा कार्यक्रममा सोमवार स्थानीय तह तथा राष्ट्रिय र अन्तराष्ट्रिय गैर सरकारी संघसंस्थाहरुले आर्थिक वर्ष २०८१÷८२ को कार्यक्रम तथा बजेट परिचालनको अवस्था प्रस्तुत गरेका थिए । जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाका अनुसार समिक्षा प्रस्तुतिसंगै चुनौति,अवसर र समाधानका विकल्प बारे सामुहिक छलफल समेत भएको छ । समिक्षासंगै सम्वन्धित सरोकारवाला निकायबाट आगामी दिनको कार्य सम्पादनलाई थप बलियो बनाउन खेल्नुपर्ने भूमिका बारे पनि छलफल भएको जिल्ला समन्वय समितिले जनाएको छ ।
आईतवार पहिलो दिन जिल्लास्थित बिभिन्न कार्यालय तथा निकायको प्रस्तुति भएको थियो । जिल्ला समन्वय अधिकारी डम्बरबहादुर जिसीले यो कार्यक्रम वार्षिक समिक्षामात्र नभएर असल अभ्यास आदान प्रदान समेतका लागि तय भएकोले समिक्षा कार्यक्रमसंगै एकअर्काका असल अभ्यासको प्रयोग आगामी दिनमा सिकाईकै रुपमा रहने विश्वास लिनुभयो । आइतवार प्रतिनिधिसभा सदस्य लिलादेवी बोखिमले दुईदिने बार्षिक समिक्षा तथा असल अभ्यास आदान–प्रदान कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । समिक्षा कार्यक्रममा फुङलिङ नगरप्रमुख अमिर मादेन,जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङखिम,स्थानीय तहका प्रमुखहरु,प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँसहित सुरक्षा निकायका प्रमुख,गैर सरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।