काबेली नदीले सिनाम पावर हाउसका दुईवटा ट्रिपर र दुईवटा स्काईभेटर बगायो

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १६ । गएराति परेको अबिरल बर्षापछि काबेली नदीमा बढेको पानीको बहावले सिनाम पावर हाउसका दुईवटा ट्रिपर र दुईवटा स्काईभेटर बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार तत्काल नम्बर नखुलेका दुईवटा ट्रिपर र दुईवटा स्काईभेटर काबेली नदीले बगाएको हो ।
प्रहरी निरीक्षक बस्नेतका अनुसार घटनाका बारेमा जानकारी आउनासाथ अस्थायी प्रहरी चौकी खाम्दिनेबाट प्रहरी हवल्दार उमेशकुमार उरावको नेतृत्वमा खटिएको प्रहरी टोलीले बगाएकामध्ये दुईवटा स्काईभेटर पावर हाउसदेखि करिव १५–२० मिटर तल तल डुबेको अवस्थामा देखिएको जानकारी गराएको छ ।
ट्रिपर फेला नपरेको र खोज तलास भइरहेको प्रहरीले जनाएको छ ।