ताप्लेजुङ बारमा नयाँ नेतृत्व

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १५ । नेपाल बार एसोसिएशन ताप्लेजुङमा बलराम भट्टराई अध्यक्ष रहेको ९ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको छ ।

कार्य समितिको उपाध्यक्षमा रामकुमार थापा,सचिवमा सन्तोष प्रसाइँ र कोषाध्यक्षमा भेषराज पौडेल चयन हुनु भएको छ । सदस्यहरुमा देवराज मेन्याङ्वो,धनबहादुर थापा,बालाहाङ याक्सो,ठाकुरसिंह लिम्बू र तुलसी अधिकारी चयन हुनु भएको छ ।

अधिबेशनले केन्द्रीय परिषद् प्रतिनिधिमा बेधनिधि पौडेललाई चयन गरेको छ । ताप्लेजुङ बारले जिल्ला अदालत परिसरभित्र आफ्नै भवन निर्माण गरी त्यहीबाट कार्यालय सञ्चालनको तयारी गरिरहेको छ ।

Similar Posts