सशस्त्र प्रहरी वल नेपाल कञ्चनजंघा गुल्मद्धारा मानव बेचबिखन बिरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ ११ । सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चजंघाले बुधवार ताप्लेजुङको फुङलिङस्थित भानुजन माविका मानव बेचबिखन सम्वन्धी सचेतनामुलक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चजंघाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठकको नेतृत्वमा खटिएको टोलीले उक्त माविका ६४ जना बिद्यार्थीलाई मानव बेचबिखन सम्वन्धी सचेतनामुलक अभिमुखीकरण कार्यक्रम गराएको हो । गुल्मपति पाठकका अनुसार उक्त सचेतनामुलक अभिमुखीकरण कार्यक्रममा भानुजनका ३३ छात्रा र ३१ छात्र सहभागी थिए । मानव बेचबिखन तथा ओसारपसारलाई मानवता विरुद्धको जघन्य अपराधको रुपमा लिने गरिन्छ । मानव बेचबिखन भनेको मानिसलाई झुक्याएर,डर देखाएर,प्रलोभनमा पारेर वा अन्य कुनै तरिकाले शोषण गर्ने उद्देश्यले एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्नु हो । यसमा श्रम शोषण,यौन शोषण, जबर्जस्ती विवाह,अङ्ग प्रत्यारोपण जस्ता कार्यहरू पर्दछन् ।

नेपालबाट विशेष गरी भारत,खाडी मुलुक,अफ्रिकन देशहरू,युरोपियन तथा अमेरिकन देशहरूमा विभिन्न स्वरुप तथा प्रकृतिमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि अपराधहरु भईरहेका छन् । गरिवी र बेरोजगारीलाई मानव बेचबिखनका मुख्य दुई कारणको रुपमा लिने गरिन्छ । मानव बेचबिखन नियन्त्रणका लागि मुख्य दुई उपाय रहेका छन् । तिमध्ये पहिलो नम्बरमा जनचेतना अभिबृद्धिका कार्यक्रम हुन् भने अन्तर देशीय सीमा क्षेत्रमा जाँचमा गरिने कडाई दोस्रो कारणको रुपमा औंल्याउने गरिएको छ । बिद्यालय तहबाटै सचेतना अभिबृद्धिमार्फत मानव बेचबिखन बिरुद्ध बिद्यार्थी,अभिभावक र समुदायसम्म सन्देश प्रवाहका लागि यस्तो सचेतनामुलक कार्यक्रम गरिएको सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चजंघाले जनाएको छ ।

Similar Posts