|

प्रमुख जिल्ला अधिकारी शर्माको विदाई

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ ८ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको यहाँबाट विदाई गरिएको छ । जिल्लास्थित विभिन्न सरकारी निकाय तथा संघ संस्थाले गृहमन्त्रालय सरुवा हुनुभएका प्रजिअ शर्मालाई विदाई गरेका हुन् ।
फुङ्लिङ नगरपालिका, पाथीभरा क्षेत्र विकास समिति लगायतका सरकारी निकाय तथा ताप्लेजुङ उद्योग बाणिज्य संघ सहितका संघ संस्थाले शर्मालाई विदाई गरेका हुन् । ताप्लेजुङमा प्रमुख जिल्ला अधिकारीको भूमिका रहँदा महत्वपूर्ण र रचनात्मक भूमिका निर्माण गरेकोभन्दै यहाँका सरकारी निकाय तथा अन्य संघ संस्थाले शर्मालाई विदाई गरेका हुन् ।
प्रजिअ शर्माले निर्वाह गर्नुभएको असल कर्मचारी तथा प्रशासकको भूमिकासहित उहाँको ताप्लेजुङ बसाइलाई अविस्मरणीय बनाउन मायाको चिनो प्रदान गरी विदाई गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो । प्रजिअ शर्मा आइतबार दिनभर विदाई ग्रहण गर्ने कार्यक्रममा व्यस्त हुनुभयो ।
करिव आठ महिना अघि शर्मा ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी भएर आउनुभएको थियो । गएको बुधबार शर्माको गृह मन्त्रालय सरुवा भएको छ ।

Similar Posts