|

तेस्रो ताप्लेजुङ गोल्डकपमा १८ गोल,२ गोल आत्मघाति !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ३ । तेस्रो ताप्लेजुङ गोल्डकपको ७ दिनको खेलमा १८ गोल भएको छ । तिमध्ये दुईगोल आत्मघाति थिए ।

दोस्रो ताप्लेजुङ गोल्डकप भन्दा तेस्रो ताप्लेजुङ गोल्डकपको खेल अवधिमा ५ गोल कम भएको छ । दोस्रो ताप्लेजुङ गोल्डकपको खेल अवधिमा २३ गोल भएको थियो । २३ मध्ये १२ गोल पहिलो दिनको खेलमा भएको थियो भने बाँकी ६ खेलमा ११ गोल भएको थियो । तेस्रो ताप्लेजुङ गोल्डकपमा सबैभन्दा बढी गोल चौथो क्वाटर फाइनल खेलका दिन भएको छ । पाँचथरको फिदिम स्पोर्टिङ क्लव बिरुद्ध मैदानमा रहेको सलहेस फुटबल क्लव सिराहाले ६–० को फराकिलो जीत दर्ता गर्दै सेमीफाईनमा स्थान बनाउँदा सोहि खेल नै तेस्रो ताप्लेजुङ गोल्डकपमा सबैभन्दा बढी अन्तरमा सकिएको खेलको रुपमा दरिएको छ । सलहेस त्यै टिम हो,जसले तेस्रो ताप्लेजुङ गोल्डकपको उपाधि नै लग्यो । दोस्रो ताप्लेजुङ गोल्डकपमा सलहेस उपबिजेता थियो । फिदिम बिरुद्ध ६–० को जीत निकाल्दा २ गोल गर्नु भएका सलहेसका युसुफ मल्लिक खेल अवधिमा ५ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्नुभयो ।

चौथो क्वाटर फाइनलमा सलहेसले पाँचथरबाट एक आत्मघाति गोल उपहार पाएको थियो । उक्त खेलमा सुजित बुढाथोकी,सोदिया ओदा र मोहित गुरुङले १–१ गोल गर्नु भएको थियो । तेस्रो ताप्लेजुङ गोल्डकपमा आत्मघाति गोलको श्रिंखला चौथो क्वाटर फाईनलमा मात्र सिमित भएन । पहिलो सेमीफाइनलमा समेत आत्मघाति गोल भयो । फाईनलमा पुग्न पहिलो सेमीफाइनलमा चर्च व्वाईज बिरुद्ध द योङ ब्रर्दश फुटबल क्लव ईटहरी मैदानमा थियो ।

चर्च ब्वाईजका लागि सुमन श्रेष्ठले गोल गर्दा द योङ ब्रर्दश फुटबल क्लवले आत्मघाति गोल उपहार पाएर खेल १–१ को बराबरीमा जाँदा खेलको निर्णय टाईब्रेकरबाट लिनु परेको थियो । त्यसमा चर्च व्वाईज ३–१ ले भाग्गमानी सावित भयो । दोस्रो सेमीफाईनलमा युसुफ मल्लिकको निर्णायक २ गोलको मद्यतले रेडस्टार फुटबल क्लव झापालाई हराउँदै सलहेस फुटबल क्लव सिराहा फाईनलमा पुग्यो ।

फाइनलमा चर्च व्वाईजलाई २–० ले पाखा लगाई सलहेसले उपाधि लैजाँदा युसुफ मल्लिक र सुनिल खड्काले गोल गर्नु भएको थियो । सबैभन्दा कम गोल भएको तेस्रो क्वाटर फाईनलमा लिजेण्ड फुटबल एकेडेमी सिलगुढी भारतलाई १–० ले पाखा लगाउँदै चर्च व्वाईज सेमीफाईनल पुगेको थियो । चर्च व्वाईजका लागि मनिष जर्घा मगरले निर्णायक गोल गर्नु भएको थियो ।

दोस्रो क्वाटर फाइनलमा मैदानमा थिए पोखराको साहरा क्लव र झापाको रेड स्टार फुटबल क्लव । रेडस्टारले साहरालाई २–० जितेको खेलमा बिजेता टिमका लागि दुबै गोल सविन लुङ्गेली मगरले गर्नु भएको थियो ।

उद्घाटन खेलमा द योङ ब्रर्दश फुटबल क्लव ईटहरी बिरुद्ध मैदानमा थियो आयोजकको प्रतिनिधित्व गर्ने तेल्लोक स्पोर्टिङ क्लव । उक्त खेल २–१ को नतिजा सहित द योङ ब्रर्दश फुटबल क्लवले आफ्नो पक्षमा पार्दा निरोज खड्का र योगेन राईले गोल गर्नु भएको थियो । तेल्लोक स्पोर्टिङ क्लवकातर्फबाट सञ्जय श्रेष्ठले सान्त्वना गोल गर्नु भएको थियो ।

Similar Posts