तेस्रो ताप्लेजुङ गोल्डकप: उपाधिका लागि चर्च व्वाइज र सलहेस भिड्ने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २९ । तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको उपाधिका लागि सलहेस फुटबल क्लव सिराहा र चर्च ब्वाईज फुटबल क्लव ललितपुर भिड्ने भएका छन् ।

बिहीबार भएको दोस्रो सेमीफाईनलमा झापाको रेडस्टार फुटबल क्लवलाई २–० ले पाखा लगाउँदै सलहेसले फाइनल भिडन्तका लागि चर्च ब्वाईजसंगको भेट तय गरेको हो । चर्च ब्वाईज बुधवार भएको पहिलो सेमीफाईनलमा ईटहरीस्थित द योङ ब्रर्दश फुटबल क्लवलाई टाईब्रेकरमा पराजित गर्दैै फाइनल पुगिसकेको छ । उपाधिका लागि अब सलहेस फुटबल क्लव सिराहा र चर्च ब्वाईज फुटबल क्लव ललितपुर शनिवार फुङलिङस्थित भानुजन माविको मैदानमा आमनेसामने हुनेछन् ।

फाइनलमा स्थान बनाउने क्रममा सलहेस फुटबल क्लव सिराहाका युसुफ मलिक नायक बन्नुभयो । खेलको १३ औं र ४८ औं मिनेटमा गरी दुईगोल गर्नु भएका युसुफको गोलनै सलहेसलाई तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको फाइनलमा स्थान बनाउन पर्याप्त बन्यो । तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपका बिजेताले ७ लाख २ हजार ८२ र उपबिजेताले ३ लाख ५० हजार ८२ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् ।

Similar Posts