ताप्लेजुङका मादेन साफ अन्डर सेभेन्टिन च्याम्पियनसीपमा नेपाली टोलीको सहायक प्रशिक्षक नियुक्त

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन १६ । ताप्लेजुङका फुटबल प्रशिक्षक डिके मादेन श्रीलंकाको कोलम्बोमा आउँदो भदौ ३० गतेदेखि असोज ११ गतेसम्म हुने साफ अन्डर सेभेन्टिन च्याम्पियनसीप २०२५ मा नेपाली टोलीको सहायक प्रशिक्षक नियुक्त हुनु भएको छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा)ले शुक्रवार बिहान मादेनलाई सहायक प्रशिक्षक नियुक्त गरेको हो । एन्फाका महासचिव किरण राईले मादेनलाई सहायक प्रशिक्षकको नियुक्तिपत्र हस्तान्तरण गर्नु भएको छ । मादेनले आफुलाई प्राप्त भएको यो अवसरलाई खेर नफाली प्रभावकारी नतिजा दिन आफुले सक्दो मेहनेत लगाउने बताउनुभयो ।

मादेन लामो समय देखि ताप्लेजुङको फुटबल क्षेत्रमा प्रशिक्षण गर्नुहुन्छ । मादेनले पछिल्लो समय मैवाखोला गाउँपालिकाको फुटबल प्रशिक्षकको रुपमा सेवा करारमा काम समेत गर्नु भएको छ ।

 

Similar Posts