नेपाली काँग्रेस ताप्लेजुङका सचिव निरौलालाई पितृ शोक

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन १६ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङका सचिव गणेशबाबु निरौला पितृ शोकमा पर्नुभएको छ । सचिव निरौलाका पिता टेकराज निरौलाको निधन भएसँगै उहाँ पितृ शोकमा पर्नुभएको हो ।
वि. सं १९९९ साल भदौ २५ गते जन्मनुभएका निरौलाको ८३ वर्षको उमेरमा बिहीबार बेलुका सदरमुकाम फुङ्लिङस्थित आफ्नै निवासमा निधन भएको बताइएको छ । परिवार स्रोतका अनुसार पछिल्लो समय स्वास्थ्यमा केही समस्या देखिएपछि उहाँले निवासमै स्वास्थ्यलाभ लिइरहनुभएको थियो ।
नेपाल प्रहरीमा जागिरे जीवन बिताउनुभएका निरौला हवल्दार पदमा पुगेर सेवानिवृत्त हुनुभएको थियो । निरौलाका एक छोरा र एक बहिनी छोरी हुनुहुन्छ । उहाँको पार्थिव शरीरलाई शुक्रबार आज बिहान काबेली घाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ ।