तेस्रो ताप्लेजुङ गोल्डको खेलतालिका बिहीबार पाथीभरा मन्दिरबाट सार्वजनिक हुँदै

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन १४ । लाखेजात्रा सञ्चालन समितिले साउन २४ बाट फुङलिङमा हुने तेस्रो अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको खेल तालिका बिहीबार पाथीभरा मन्दिरबाट सार्वजनिक गर्ने भएको छ ।

आयोजक लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाले समुद्र सतहबाट ३ हजार ७ सय ९४ मिटर उचाईमा रहेको प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिरबाट खेल तालिका सार्वजनिक गर्ने तयारी गरिएको जानकारी दिनुभयो । साउन २४ देखि ३१ गते सम्म भानुजन माविको खेल मैदानमा हुने गोल्डकपमा आयोजककोतर्फबाट ताप्लेजुङ सिरिजङ्गास्थित तेल्लोक स्पोर्टिङ क्लव सहित ८ टिमले प्रतिश्पर्धा गर्दैछन् ।

भारत सिलगुढीको लेजण्ड फुटबल एकेडेमीले अन्तराष्ट्रिय आमन्त्रित टोलीको रुपमा स्पर्धा गर्ने छ । यस्तै चर्च व्वाइज काठमाडौं,साहारा क्लव पोखरा,रेडस्टार फुटबल क्लव झापा,द योङ ब्रर्दश क्लव इटहरी,सलहेश युवा क्लव सिराहा र फिदिम स्पोर्टिङ क्लव पाँचथर प्रतियोगितामा प्रतिश्पर्धी हुनेछन् । प्रतियोगिताका बिजेताले ७ लाख २ हजार ८२ रुपैयाँ र उपबिजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

Similar Posts